अन्तर्राष्ट्रिय लगानीकर्ताद्वारा अर्थमन्त्री समक्ष लगानीको सम्भावनाबारे सुझाव प्रस्तुत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अन्तर्राष्ट्रिय लगानीकर्ताद्वारा अर्थमन्त्री समक्ष लगानीको सम्भावनाबारे सुझाव प्रस्तुत


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष नेपालमा लगानी विस्तारमा अपनाउनु पर्ने उपायबारे लगानीकर्ताले सुझाव प्रस्तुत गरेका छन् । 

अर्थमन्त्री महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरूको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच बुधबार नेपालमा निजी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल भएको हो । 

अर्थ मन्त्री महतको सचिवालयका अनुसार नेपालको विकासमा आवश्यक निजी पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ ।

डीएफआईका प्रतिनिधिहरूले प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा सुझाव प्रस्तुत गरेका थिए भने मन्त्री महतले डीएफआईका प्रतिनिधिहरूबाट प्राप्त सुझावहरू अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस