नौ महिनामा आयो दुई खर्ब लगानी प्रतिबद्धता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नौ महिनामा आयो दुई खर्ब लगानी प्रतिबद्धता


६ बैशाख २०८०, बुधबार


उद्योग विभाग

काठमाडौँ । नौ महिनाको अवधिमा करिब रु. दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

दुई सय १६ उद्योगका लागि रु. एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्कमा उल्लेख गरिएको छ । 

तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योग मध्य सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको देखिएको छ । 

चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु. २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस