आयोगद्वारा चिकित्सा शिक्षा पीजी तहको भर्ना स्थगित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आयोगद्वारा चिकित्सा शिक्षा पीजी तहको भर्ना स्थगित


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको दोस्रो पुनः म्याचिङको भर्ना सम्बन्धी कार्यक्रम स्थगित गरेको छ ।

आयोगले मेरिटोक्रेसी प्रणाली मिचेर भर्ना लिएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि भर्ना रोकिएको छ ।

आयोगले चैत २६ गते पहिलो चरणको भर्ना पश्चात् रिक्त हुन आएका सिटहरूमा दोस्रो चरणको पुनःम्याचिङको भर्ना सूची प्रकाशन गरेको थियो । आयोगको उक्त भर्ना सूची प्रकाशित भएलगत्तै विद्यार्थीहरू मेरिटोक्रेसी मिचेर आयोगले भर्ना लिएको भन्दै आन्दोलनरत छन् ।

उनीहरूले आयोगले निकालेको म्याचिङको भर्ना सूची अनुसार मेरिटोक्रेसी अनुसार एक नम्बरमा नाम निकालेको विद्यार्थी उक्त सिटमा भर्ना नभए स्वतः दुई नम्बरमा नाम निकालेका विद्यार्थीले उक्त खाली भएको सिटमा भर्ना हुन पाउनुपर्ने माग राखिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस