‘सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ ?’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ ?’


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद भीम आचार्यले सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ ? भन्दै प्रश्न गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा उनले सरकारले गठनको ६ महिनामा पनि पूर्णता नपाएको भन्दै जनताको काम कहिले गर्ने भन्ने विषयमा सत्ता गठबन्धन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरे ।

उनले भने, ‘तपाईँहरूले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर दिनुहुन्छ ? कति वर्ष लाग्छ ? विकासका काम गर्न यहाँहरूलाई कति समय लाग्छ ? कति वर्ष, दशक वा शताब्दी लाग्छ ? उत्तर चाहियो । संसद् भनेको प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । सरकारले जबाफदेहिता प्रस्तुत गर्नुपर्छ ।’

उनले देशलाई बन्धक बनाउने छुट नभएको बताए । उनले सङ्घ सरकारले अधिकार र कानुन नबनाएका कारण प्रदेश सरकारको भविष्यमाथि प्रश्न उठाइएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले परिवर्तन ल्याउने खतरा रहेको भन्ने गरेको बताउँदै उनले प्रतिगमन निम्त्याउने अकर्मण्य सरकार हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस