नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट आएको एक ट्रक सोही अवसरमा नेपाल प्रवेश गराइएको थियो । कार्यक्रममा मन्त्री भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्य पश्चिम क्षेत्रको व्यापार बढ्ने र देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवर्द्धन र आयात–निर्यातलाई सहज बनाउने बताए । उनले एकीकृत जाँच चौकी निर्माणको लागि भारत सरकार, निर्माणकर्ता र आइसीपी निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा भन्सार विभागमा महानिर्देशक ढुण्डीप्रसाद निरौलाले आईसीपी सञ्चालनमा आएपछि सामान निकासी पैठारी सहज हुने बताए । चोरी निकासीमा नियन्त्रण भई राजस्व समेत बढ्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस