४० लाख खोप प्रयोगहीनबारे छानबिन गर्न माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४० लाख खोप प्रयोगहीनबारे छानबिन गर्न माग 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । कोरोनाविरुद्धको ४० लाख मात्रा खोप प्रयोगहीन भएको विषयमा छनबिनको माग गरिएको छ । 

मङ्गलवार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राविधिक हिसाबले प्रयोग गर्न नमिलेको वा लापरबाहीका कारण बेवारिसे भएको भन्नेबारे छानबिनको माग गरेका हुन् ।

“प्राविधिक हिसाबले भएर प्रयोग नभएको हो कि हाम्रो लापरबाहीले त्यस्तो भएको हो ? त्यति दुःख गरेर ल्याएको खोप किन बेवारिसे भएर बसेको हो रु छानबिन होस् भन्ने कुरा राख्न चाहन्छु,” पौडेलले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस