मेयर बालेनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मेयर बालेनविरुद्धको रिट ‘हेर्न नभ्याइने’


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेका आठ वटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् ।

प्रमुख प्रशासनिक निकाय सिंहदरवार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर बालेनको घोषणा गैर कानुनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस