गढीमाईमा गोली चल्दा एक जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गढीमाईमा गोली चल्दा एक जनाको मृत्यु


२ बैशाख २०८०, शनिबार


रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाउँदा बाटोमा नै मृत्यु भएको हो । गोली कसले चलायो भन्ने खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस