नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । आगामी जेठ दोस्रो सातादेखि नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्ने भएको छ । त्यसका लागी टास्क फोर्ससमेत गठन गरिएको छ । वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरिएको हो । 

नेपाल एयरलाइन्सका अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने छ ।

आवश्यक उडान अनुमति, जनशक्ति , प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीव्रता दिई कार्य गर्न निर्देशन दिइएको छ ।  आवश्यक उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बुकिङ खुल्ला गरिने एयरलाइन्सले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस