सबै विषयगत समितिमा एकीकृत समाजवादीले प्रतिनिधित्व गर्न नपाउने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सबै विषयगत समितिमा एकीकृत समाजवादीले प्रतिनिधित्व गर्न नपाउने 


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। सबै संसदीय विषयगत समितिमा नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व नहुने भएको छ ।

सांसद सङ्ख्याका कारण एकीकृत समाजवादीको सबै संसदीय विषयगत समितिमा प्रतिनिधित्व असम्भव भएको हो । प्रतिनिधिसभामा १० वटा विषयगत समिति छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समिति २ वटा छन् । संयुक्त समितिमा विषयगत समितिमा रहेका सांसद पनि रहने अभ्यास छ । तर, एउटै सांसद दुई वटा संसदीय विषयगत समितिमा रहन पाउँदैनन् ।

एक सांसद एकभन्दा बढी समिति सदस्य हुन नपाउने भएकै कारण एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० मध्ये ९ वटा विषयगत समितिमा मात्रै प्रतिनिधित्व हुने भएको हो ।

राजनीतिक दलहरूले आफ्ना कुन सांसद कुन समितिमा रहने भनी तय गर्दैछन् । यही क्रममा नेकपा एकीकृत समाजवादीले पनि आफ्नो पार्टीका कुन सांसद कुन समितिमा रहने भनी तय गर्दैछ ।

संघीय संसद सचिवालय संसदीय विषयगत समिति गठनमा केन्द्रित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस