कतारबाट फर्केका युवकलाई अपहरण गरी बन्धक बनाउने २ जना पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कतारबाट फर्केका युवकलाई अपहरण गरी बन्धक बनाउने २ जना पक्राउ


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

सोमबार कतारबाट काठमाडौँ आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अलि र एमडी सहनीलाई पक्राउ गरेको छ ।

उनीहरूले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस