आयोगद्वारा धरान उपमहानगरका ३९ कर्मचारीको बढुवा रद्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयोगद्वारा धरान उपमहानगरका ३९ कर्मचारीको बढुवा रद्द


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगले धरान उपमहानगरपालिकाका कर्मचारीहरूको बढुवा रद्द गरेको छ।

नियमविपरीत नगरपालिकाले स्तरवृद्धि  गरेको भन्दै ३९ कर्मचारीको बढुवा रद्द गरिएको हो ।  

कर्मचारीको स्तरवृद्धि नियमसम्मत नभएकाले रद्द गरेको आयोगले जनाएको छ। २०७७ फागुन २१ गतेको नगरसभाबाट स्तरवृद्धि भएका कर्मचारीहरूले सोही अनुसार तलब-भत्ता खाँदै आएका थिए।

कोशी प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार नगर सभाको निर्णयबाट गरेको स्तरवृद्धि नीतिसम्मत नदेखिएकाले रद्द गर्न पत्राचार गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस