प्रधानन्यायाधीश नियुक्ति बारे छिटै निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश नियुक्ति बारे छिटै निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तीबारे छिटै निर्णय गर्ने बताएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उक्त छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक गरी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको समेत प्रशंसा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस