‘सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुङ्ग्याउने तयारी छ’  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुङ्ग्याउने तयारी छ’ 


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुङ्ग्याउने तयारी गरिएको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरवारमा सम्बोधन गर्दै प्रचण्डले सबै दल मिलेर संक्रमणकालीन न्याय टुङ्ग्याउन लागिएको बताए ।

मङ्गलवार सभामुख निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली सहित अरु शीर्ष दलका नेताहरू संक्रमणकालीन न्यायका विषयमा छलफल गरेका थिए । 

सम्बन्धित समाचार : टिआरसीसहितका अन्य विधेयक बारे बालुवाटारमा छलफल

सम्बन्धित समाचार : सकियो बालुवाटारमा बसेको टिआरसीसम्बन्धी विधेयकको बैठक, के भयो छलफल

बालुवाटार छलफलपछि माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वैशाख १ गते शीर्ष तहमा छलफल गरेर संक्रमणकालीन न्यायका विषयमा समझदारी गरेर जाने तयारी भएको बताए । 

प्रधानमन्त्री प्रचण्डले विवाद र असमझदारीबाट शान्ति प्रक्रिया टुङ्गो लगाउन गाह्रो हुने बताएको माओवादी एक सांसदले बताए ।

जनयुद्धकालीन मुद्दा टुङ्गो लगाउने विषयमा पार्टीका नेताहरुले समेत रचनात्मक रूपमा भूमिका खेल्नुपर्ने प्रचण्डले बताएका थिए ।

संसदीय समिति सांसद सङ्ख्याका आधारमा भागबण्डा गर्ने तयारी गरिएको छ । कुल १० संसदीय समितिमा माओवादीले कुन कुन लिने भन्ने विषयमा छलफल भएको ती सांसदले बताए । तर, कुन कुन समिति  र को को जाने भन्ने विषयमा टुङ्गो लागि सकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस