सकियो बालुवाटारमा बसेको टिआरसीसम्बन्धी विधेयकको बैठक, के भयो छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सकियो बालुवाटारमा बसेको टिआरसीसम्बन्धी विधेयकको बैठक, के भयो छलफल


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । बालुवाटारमा बसेको मुख्य तिन दलबीचको छलफल सकिएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच भएको टिआरसीसम्बन्धी विधेयक छलफल सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधेयक धेरै ढिलो भइसकेको भन्दै अब ढिलो नगरी फास्टट्याक’बाट अगाडि बढाउन राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले ‘फास्टट्याक’बाट लैजान नसकिने भन्दै असहमती जनाएका छन्।

त्यस्तै काँग्रेस सभापति देउवाले यस विषयमा काँग्रेसभित्र छलफल गर्ने बताएका छन् ।

बैठकमा पहिला ओलीले यसलाई छिटो टुङ्ग्याउने कुरामा आफूहरू सहमत नै रहेको बताएका थिए। सबैको चित्त बुझ्ने र न्यायपूर्ण तरिकाले यसलाई टुङ्ग्याउन एमाले तयार रहेको समेत उनले बताएका थिए।

यसका साथै, आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि अगाडि बढाउने कुरा भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस