टिआरसीसहितका अन्य विधेयक बारे बालुवाटारमा छलफल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

टिआरसीसहितका अन्य विधेयक बारे बालुवाटारमा छलफल


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेको आह्वानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुरबीच बैठक सुरु भएको छ ।

सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रचण्ड, ओली र देउवासँगै एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी भएका छन् ।

टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल गर्नको लागि उक्त बैठक बोलाइएको हो । बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस