मापदण्डअनुसार सेवा दिन्छौँ : आइस्पान « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मापदण्डअनुसार सेवा दिन्छौँ : आइस्पान


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ (आइस्पान)ले विश्व मापदण्डअनुसारको सेवा दिनका लागि गुणस्तरमा सुधार गर्दै जाने बताएको छ ।

नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गर्दै इन्टरनेट सेवालाई अझै व्यवस्थित बनाउनका लागि छलफल गर्न आइस्पानका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशकलगायतको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालको इन्टरनेट सेवालाई विश्व मापदण्डअनुसार बनाउने र इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन सेवा प्रदायकहरूले हातेमालो गर्दै अघि बढ्ने बैठकले निर्णय गरेको छ । यसको सुनिश्चितताका लागि पनि आइस्पानले काम गर्ने भएको छ । 

लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, एसओपी निर्माण, प्रक्रियागत  सुधारलगायतका आवश्यक कार्यहरू गर्ने आइस्पानले बैठकपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवं गरिमामय बनाउनका लागि आवश्यक छलफल एवं सहकार्य गर्दै जाने आइस्पानको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस