मुद्दा मिलाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मुद्दा मिलाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने पक्राउ


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ। न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१ घर भएका ३७ वर्षीय कृष्ण कार्की छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोल्टीमोडबाट पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस