सन्दीपको मुद्दामा २ जना सरकारी साक्षी बुझ्न जिल्ला अदालतको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सन्दीपको मुद्दामा २ जना सरकारी साक्षी बुझ्न जिल्ला अदालतको आदेश


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा २ जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ ।

आइतबार जिल्ला अदालतका न्यायाधीश शङ्कर राज बरालको इजलासले उक्त आदेश दिएको हो।

लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको बकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएका थिए । उनीहरूले दिएको सोही निवेदन अनुसार अदालतले आदेश दिएको हो ।

लामिछानेविरुद्धको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन पनि अदालतले आदेश दिएको छ ।

पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको सट्टा अर्को चिकित्सकलाई पठाएर बकपत्र गराएको खुलेपछि ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउनू’भनी अदालतले आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस