हुरीबतासका कारण ४० परिवारका घरमा क्षति  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

हुरीबतासका कारण ४० परिवारका घरमा क्षति 


१५ बैशाख २०८१, शनिबार


बाजुरा । आज यहाँ आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका-६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो एक बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए । 

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए। बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए । 

घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक  विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस