अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझाव माग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझाव माग


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ ।

अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा सरकारसँग खुला सुझाव माग मागेको हो ।

मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने गरी सुझाव माग गरेको छ । सङ्घसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरू पठाउन सक्ने भएका छन् ।

अर्थ मन्त्रालयले यति बेला विभागीय मन्त्रालयहरूबाट बजेट तथा कार्यक्रम माग गरेको छ ।

सोही अनुसार मन्त्रालयहरू नयाँ बजेटको निर्माणमा जुटेका छन् । मन्त्रालयले समेत बजेट लेखनका लागि समिति गठन गरेर काम गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस