कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । सत्ता गठबन्धन घटकका नेकपा एमाले र माओवादी केन्द्रका नेताले संसद्को विशेषाधिकारको अवहेलना गरेको भन्दै कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई कारबाहीको चेतावनी दिएका छन् ।

उनले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परेको अवस्थामा पनि विश्वासको मत लिन नपर्ने, राजीनामा पनि दिन नपर्ने राय दिएर गैरकानूनी बाटोमा हिँडाउन खोजेको ती दलका नेताको टिप्पणी छ ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सङ्कल्प प्रस्ताव पारित भइसकेको छ । महान्यायाधिवक्ता राय र टिप्पणीले प्रदेशसभाको विशेषाधिकार अवहेलना गरेको एमाले र माओवादीको ठहर छ । वैशाख ७ मा पारित सङ्कल्प प्रस्तावमा मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्ग प्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सन्देश दिइएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस