हामीलाई गृह र अर्थ मन्त्रालय चाहिन्छ कहिल्यै भनेका छैनौँ : माधव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हामीलाई गृह र अर्थ मन्त्रालय चाहिन्छ कहिल्यै भनेका छैनौँ : माधव नेपाल


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताएका हुन् ।

उनले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न छलफल भइरहेको छ। टुङ्गो लाग्ला। हस्ताक्षर होला। त्यही कार्यक्रमका आधारमा मन्त्रिपरिषद्ले पूर्णता पाउने हो ।’

एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको हो ? भन्ने पत्रकारको प्रश्नमा नेपालले भने, ‘तपाईँहरू अन्तरयामी हुनुभयो कि क्या हो ? मेरो मुखबाट त कहिले पनि गृह/अर्थ पनि निस्केको छैन।’

उनले देशको अर्थतन्त्रका समस्याहरूलाई समाधान गर्न सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्ने पनि बताए। उनले परराष्ट्र मन्त्रालय पनि काबिल व्यक्तिलाई दिनुपर्ने बताए। प्रतिनिधि सभामा एकीकृत समाजवादीको १० सांसद छ।

Tags :
प्रतिक्रिया दिनुहोस