अख्तियारद्वारा तत्कालीन अध्यागमन अधिकृत पराजुलीविरुद्ध सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अख्तियारद्वारा तत्कालीन अध्यागमन अधिकृत पराजुलीविरुद्ध सर्वोच्चमा पुनरावेदन


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने र अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेपछि त्यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो । अख्तियारले विशेष अदालतको सोही फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।

अधिकृत पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ । अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईँ, जगदीशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरूलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो । पराजुलीलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस