इटहरी उपमहानगरको नगर सभा अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

इटहरी उपमहानगरको नगर सभा अनिश्चितकालका लागि स्थगित


४ चैत्र २०७९, शनिबार


विराटनगर । इटहरी उपमहानगरपालिकाको नगर सभा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

उपमहानगरपालिकाले २७ चैतभित्र हिउँदे नगर सभा सक्ने समय तालिका बनाए पनि एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू सहभागी नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नगर सभामा सबैभन्दा महत्त्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संशोधन र कर्मचारीको आचारण सम्बन्धी ऐन पास गर्ने कार्यतालिका थियो । कर्मचारी सम्बन्धी ऐनको विषयमा इटहरीमा क्रियाशील राजनीतिक दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगर सभाबाट टुङ्ग्याउने योजना रहेको थियो ।

यद्यपि, नगर सभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि काँग्रेसबाट निर्वाचित मेयर हेमकर्ण पौडेलले अनिश्चितकालका लागि नगर सभा स्थगित गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस