कर्मचारी युनियनको महाधिवेशनका लागी ५३५ प्रतिनिधि काठमाडौँमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्मचारी युनियनको महाधिवेशनका लागी ५३५ प्रतिनिधि काठमाडौँमा


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन् ।

दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुँदै छन् ।

११औँ महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा युनियनको कार्यसमिति निर्विरोध चयन गरिने युनियनका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कपिल गौतमले जानकारी दिए ।

गौतम महाधिवेशनमा महासचिवको दाबेदार हुन् । उनी २०७० सालदेखि निरन्तररूपमा युनियन सचिवको जिम्मेवारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस