प्रदेश सरकारले दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रदेश सरकारले दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । कोशी प्रदेशले ६ वटा अतिरिक्त बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले केन्द्र सरकारले दिने बिदा बाहेक प्रदेश सरकारले दिन पाउने थप ६ वटा सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । 

जसमा आउँदो साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने सरकारले निर्णय गरेको छ । यस्तै असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिइने भएको छ भने कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन प्रदेशभर सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।

यस्तै मंसिर ४ गते छठ पर्वको समापनको दिनमा पनि बिदा दिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्ति प्रसाद सिटौलाले जानकारी दिए । केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्मावलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरूलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस