पानीलाई धनमा परिणत गरी समृद्धिको माध्यम बनाउन सक्नुपर्छ : मुख्य सचिव बैरागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पानीलाई धनमा परिणत गरी समृद्धिको माध्यम बनाउन सक्नुपर्छ : मुख्य सचिव बैरागी


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्।

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले यस्तो बताएका हुन्। उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ ऊर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको उल्लेख गरे।

उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए । मुख्य सचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौती रहेको बताउँदै आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने उनको भनाई छ । 

उनले सरकार उपभोक्ता कर्मीहरूसँग छलफल गर्न तयार रहेको बताएका छन्। उनले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले उपभोक्ता अधिकारको विषय सङ्घ, प्रदेश, स्थानीय तह र अधिकारकर्मीहरूको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस