पशुपतिमा बज्रेश्वरी जात्रा भोलिदेखि  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पशुपतिमा बज्रेश्वरी जात्रा भोलिदेखि 


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा मङ्गलवार (भोलि) देखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । 

कोषले भोलि साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बतायो । चैत्र कृष्णाष्टमी/शीतला अष्टमीमा सुरु भई चैत्र शुक्ल तृतीयामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रूपमा मनाउने गरिन्छ । 

यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ । यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस