काठमाडौँ महानगरका मेयर बालेन आज लण्डन जाँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काठमाडौँ महानगरका मेयर बालेन आज लण्डन जाँदै


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आज लण्डन जाँदै छन् ।

फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन ४ सदस्यीय टोलीसहित मेयर बालेन आज साँझ लण्डन जान लागेका हुन् ।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

बालेनले काठमाडौँ महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस