राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै आयोग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै आयोग 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार प्रतिवेदन पेस गर्ने भएको छ । 

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबारको निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो । 

आयोगले माघ १६ गतेको निर्णय अनुसार (बिहीबार) आजका लागि निर्धारित राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस