मेयर बालेनले राखे महेश बस्नेतसंग सहकार्यको प्रस्ताव « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मेयर बालेनले राखे महेश बस्नेतसंग सहकार्यको प्रस्ताव


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट्न पुगेका छन्। नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर साहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्।

विगतको असमझदारीलाई टुङ्गाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए। उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔँ भन्नुभयो।’

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा सँगै खाना खाएर छुटेको उनले बताए।

बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए। त्यसो त यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रूपमा प्रस्तुत हुँदै आएको थिए।

Tags :
प्रतिक्रिया दिनुहोस