कारागार पुगेर एमाले नेताहरुले मागे रेशम चौधरीसँग भोट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कारागार पुगेर एमाले नेताहरुले मागे रेशम चौधरीसँग भोट


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेताहरू डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरू कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरू गएका थिए ।

भेटमा आफूहरूले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् ।

यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई भेटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस