राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : प्रकाशमान सिंह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : प्रकाशमान सिंह


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित भएको दाबी गरेका छन् ।

बिहीबार (आज) बिहान काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘राजनीति ठिकै दिशामा गइरहेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित देखिन्छ ।’

अहिलेको आठ दलीय समीकरण जनताको म्यान्डेट भएको नेता सिंहको भनाइ थियो । उनले भने, ‘अहिले जनमतअनुरूपको राजनीतिक परिस्थिति निर्माण भएको छ। अब आठ दलीय गठबन्धनको समझदारीअनुरूप मुलुक अगाडि बढ्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस