राप्रपा केन्द्रीय समिति सल्लाहकारमा विष्णुप्रसाद दाहाल   « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राप्रपा केन्द्रीय समिति सल्लाहकारमा विष्णुप्रसाद दाहाल  


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) को केन्द्रीय सल्लाहकार समिति सदस्यमा विष्णु प्रसाद दाहाल मनोनीत भएका छन् । 

राप्रपा काठमाडौँ क्षेत्र नम्बर-७ का पूर्व अध्यक्ष समेत रहेका दाहाललाई राप्रपाको केन्द्रीय सल्लाहकार समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार मनोनीत गरेका हुन् । 

पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई दाहालले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष लिङ्देनले आज दाहाललाई स्वागत गर्दै बधाई एवं शुभकामना दिएका छन् । 

अध्यक्ष लिङ्देङसँगको भेटपछि दाहालले पार्टीको बृहत्तर हितमा नीति र सिद्धान्तभित्र रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस