रामोसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामोसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । स्पेनका डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

विश्वकप विजेता डिफेन्डर रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन् । रियल मड्रिडका पूर्व डिफेन्डर रामोसले २०१० मा फिफा विश्वकपको उपाधि जितेका थिए ।

यस्तै स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा रामोस टोलीमा रहेका थिए । तर, रामोस कतार विश्वकपमा टोलीमा थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस