जहाज दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन् « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जहाज दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन्


१ माघ २०७९, आइतबार


काठमाडौँ । कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रामा परिणत भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको (एनएएनसी) जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस