बेवारिसे अवस्थामा महिलाको शव फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेवारिसे अवस्थामा महिलाको शव फेला


२० पुस २०७९, बुधबार


काठमाडौँ । धनुषामा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

धनुषाको जनकनन्दिनी गापा-१ मा स्थानीय मनोज यादवको खेतको डिलमा रूखमुनि एक भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेको र त्यस नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रमुख खड्काले जानकारी बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस