सांसदको तलब-सुविधा बन्द गर्न माग गर्दै ज्ञापनपत्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सांसदको तलब-सुविधा बन्द गर्न माग गर्दै ज्ञापनपत्र


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । सांसदलाई दिइँदै आएको तलब-सुविधा बन्द गर्न माग गरिएको छ। राष्ट्रिय एकता अभियान नेपालले सांसदलाई दिँदै आएको तलब-सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनालाई भेटेर ज्ञापनपत्र बुझाइएको हो। सांसदमाथि जनताको भरोसा कायम राख्न एवं संसद्को गरिमा कायम राख्न यो व्ययभार कटौती गर्न अत्यावश्यक रहेको यादवले बताए।  

ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ। व्यक्तिगत कर्जा र व्यावसायिक कर्जाको ब्याज तथा किस्ताहरू नउठेर सबैजसो बैङ्कको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ। बैङ्कको ब्याज तिर्न नसकेर थुप्रै व्यापारी डिप्रेसनको सिकार भएका छन्। यस्तो अवस्थामा मुलुकको सार्वभौमसत्ता निहित रहेको सर्वोच्च निकाय संघीय संसद् नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको भरोसा नै टुट्ने जोखिम पैदा भएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस