पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा 


७ पुस २०७९, बिहिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह तीनदिने धार्मिक भ्रमणका लागि जनकपुरधाम गएका छन् । 

शाहका स्वकीयसचिव सागर तिमल्सिनाले झापाबाट जनकपुरधाम पुगेको बताएका छन् । उनी जनकपुर यात्री (मिथिला यात्री) निवासमा बसेका छन् । 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जनकपुर यात्रीनिवास भाडामा लगाइएपछि नाम परिवर्तन गरी मिथिलायात्रीनिवास राखिएको हो । 

शाहले शनिबार बिहान ११ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको स्वकीयसचिव तिमल्सिनाले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस