शपथपछि मुख्यमन्त्री पाण्डेले भने : ‘तत्काल राजीनामा दिन्नँ’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शपथपछि मुख्यमन्त्री पाण्डेले भने : ‘तत्काल राजीनामा दिन्नँ’


७ पुस २०७९, बिहिबार


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू प्रतिनिधिसभाको सदस्य र मुख्यमन्त्री दुवै पदमा रहने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट आफूले तत्काल राजीनामा नदिने स्पष्ट पारे।

यसअघि नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा दिने बताएका थिए।

तर,पाण्डेले भने प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएकोले आफूले पनि राजीनामा नदिने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस