आईपीएलमा आज बैंगलुरु र गुजरात भिड्दै  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आईपीएलमा आज बैंगलुरु र गुजरात भिड्दै 


२२ बैशाख २०८१, शनिबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५२औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७स्४५ बजेबाट सुरु हुनेछ । 

बैंगलुरु अंक तालिकाको अन्तिम स्थानमा छ । यदि टोलीले आज हार्‍यो भने आइपिएलको प्लेअफको दौडबाट बाहिरिने छ । 

दुवै टोली हेड टु हेड बराबरीमा छन् । यी दुई टोलीबिच अहिलेसम्म ४ वटा खेल भइसकेका छन् । जसमध्ये बैंगलुरुले २ खेल जितेको छ भने गुजरातले पनि २ खेल जितेको छ । दुई टोलीबिचको अन्तिम खेल यस सिजन अहमदाबादमा भएको थियो, जहाँ बैंगलुरु ९ विकेटले विजयी भएको थियो।

रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, क्यामरुन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा र यश दयाल।

इम्प्याक्ट प्लेयर : अनुज रावत, महिपाल लोमर

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, राहुल तेवाटिया, अजमातुल्लाह ओमरजाई, राशिद खान, आर साई किशोर, नूर अहमद र मोहित शर्मा।

इम्प्याक्ट प्लेयर : उमेश यादव, दर्शन नलकन्दे

Tags :
प्रतिक्रिया दिनुहोस