राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान


२२ बैशाख २०८१, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औँ पटक रक्तदान गरेका छन् । पार्टी निकट युवा सङ्गठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागिता जनाउने गरेको उल्लेख गरे । 

उनले रगत दिएर अरूको जीवन बचाउने जस्तो महत्त्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे । रक्तदान गर्दै उनले भने,‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औँ पटकको रक्तदान हो ।’

समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उनले थपे, ‘ रक्तदान जस्तो महत्त्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरूले यस्तो महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन् उनीहरूलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस