सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित


७ पुस २०७९, बिहिबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमाथिको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस