विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपालले विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

टी–२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टिमसँग भिड्नबाट वञ्चित बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् । यद्यपि, आइसिसीले आधिकारिक रूपमा सेड्यूल सार्वजनिक गरिसकेको छैन ।

नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ । दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा ११ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १४ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १६ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस