शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी


७ पुस २०७९, बिहिबार


काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न दिएको आदेशसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ ।

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् ।

सम्बन्धित समाचार : शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधवार दिएको थियो ।

योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो । जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज (बिहीबार) उनलाई अध्यागमन विभागमा बुझाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस