समानुपातिक सांसदको विषयमा राप्रपामा विवाद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समानुपातिक सांसदको विषयमा राप्रपामा विवाद


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । समानुपातिक सांसद सूचीको विषयमा राप्रपामा विवाद देखिएको छ ।

प्रतिनिधिसभातर्फ २ जना पुरुष कोटामध्ये प्रकाशचन्द्र लोहनी कि बुद्धिमान तामाङलाई लैजाने भन्नेमा विवाद देखिएको हो । दुवैले आफ्नो अडान नछाड्दा अहिलेसम्म निर्णय हुन सकेको छैन ।

एक नेताका अनुसार पार्टी कार्यालयमा दुबैमा समर्थकका साथै अरू आकाङ्क्षीहरू भेला भएर होहल्ला गरेका छन् । पार्टी कार्यालयमा सयौँको सङ्ख्यामा भेला भएको ती नेताको भनाइ छ ।

अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका नेताहरूलाई एकएक गरेर बोलाउँदै राय लिइरहेका छन् ।

पुरुषतर्फ अर्को सिटमा भने पशुपति शमशेर राणाको नाम टुङ्गो लागिसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस