नो नट अगेन वा वान्स मोहर अगेन भन्नुस् तर सभ्य भाषामा : दिनेशकुमार थपलिया « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नो नट अगेन वा वान्स मोहर अगेन भन्नुस् तर सभ्य भाषामा : दिनेशकुमार थपलिया


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुने गरी निर्वाचनको प्रचार नगर्न आग्रह गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ भन्न पाइने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरूलाई आग्रह गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दूषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको दाबी गरे। उनले विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिनसमेत आग्रह गरे।

उनले भने, ‘तपाई नो नट अगेन भन्नू अथवा नो नेभर अगेन भन्नुस्, तपाईँ इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नू । इलेक्ट वान्स अगेन भन्न पनि पाइन्छ। सबै थोक भन्नुस्। तर सभ्य भाषामा भनिदिनुस्। कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनुस्।’

निर्वाचनलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दूषित पार्ने नगरिदिनूस् भनेर आयोगले भनेको उनले दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस