भीम रावलको प्रश्न : भारतको ज्यादतीविरुद्ध बोल्न कसले घाँटी अँठ्यायो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भीम रावलको प्रश्न : भारतको ज्यादतीविरुद्ध बोल्न कसले घाँटी अँठ्यायो ?


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेकोमा प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगाबाट नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नुपर्ने नेता रावलको माग छ ।

रावलले शनिबार सामाजिक संजालबाट दार्चुला घटनाको विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्ने भन्दै उक्त टिप्पणी लेखेका हुन् ।

‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ । १४ वर्षीया सरीना महरा घाइते भएकी छन्,’ उनले सोधेका छन्, ‘सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका-२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो । उक्त घटनाको नेपालले विरोध गर्नुपर्ने एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले पनि माग गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विषयमा बोल्नुपर्ने माग गरेका छन् । भारतीय एसएसबीले महाकाली नदी तर्ने क्रममा तुइन काट्दा जयसिंह धामी गतविर्ष बगेर बेपत्ता भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस