प्रत्युत्पादक हुँदै लोक सेवा प्रणाली ! « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रत्युत्पादक हुँदै लोक सेवा प्रणाली !


४ भाद्र २०७९, शनिबार


पछिल्लो केही वर्षदेखी हजारौँ जोसिला, जाँगरिला, उद्यम गर्ने उमेरका युवाहरू बर्षौंसम्म सरकारी जागिरे हुने अभिलासाका साथ तयारीमामा लागिरहेकाछन्, त्यो पनि त्यस्तो जागिरका लागि जसको अफिसर लेभलले आर्थिक रूपमा आधारभूत जीवनयापन गर्नसमेत हम्मे हम्मे छ, न त राम्रो कर्यवातावरण छ, सामाजिक प्रतिष्ठाको त झन् के कुरा गर्नु, ड्रेस लगाई सार्वजनिक स्थानमा हिँड्नेलाई मुखै अगाडि घुस्याहा भनिन्छ ।

पछिल्लो स्थिति त कस्तो छ भने निरन्तर तयारीमा लागिरहेका विद्यार्थी सर्वोच्चबाट कहिले फैसला आउँछ भनी कुरेर बसेको नि धेरै भयो । परीक्षा हुन्छ भन्यो तयारीमा जुट्यो भएन, फेरि हुन्छ भन्यो भएन । अदुरदर्शी समायोजनको मारमा निर्दोष विद्यार्थी परेका छन्।

विचारणीय कुरा त के छ भने आजको दिनमा परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरू मनोरोगको प्रकोपमा छन् जुन ऊनीहरूलाईसमेत पत्तो छैन । क्यारियरको चिन्ता छ, महँगीले डामेको छ, इन्स्टिच्युट धाउनै पर्‍यो, राम्रो गर्न सकेसम्म काठमाडौँ होइन भने ठुला सहरमा बस्नै पर्‍यो, परिवारको आशा त हुन्छ नै

अनि लोक सेवाको पाठ्यक्रम नि यस्तो अव्यवहारिक छ कि वर्ष तयारी गर्‍यो भने, सूचना बाहेक ज्ञानमा कुनै वृद्धि विकास हुँदैन अनि २ वर्ष तयारी गर्ने मान्छे अरू सेक्टरमा काम गर्नै गाह्रो हुन्छ। अनि तयारी गर्नेको बाध्यता नि कस्तो भने न त एक जाम हुन्छ न त छोडेर हिँड्ने अवस्था छ, किन भने वर्षौँको तयारी, अरू सम्मानजनक रोजगारीको अवसरको कमी अनि असफल भएर निस्कियो भन्ने सामाजिक दबाब त हुन्छ नै

यो प्रणालीले लोक सेवा निकाल्ने र निकाल्न नसक्ने दुइटै पक्ष मा प्रभाव पारिरहेको छ

यो लोक सेवा प्रणाली प्रतिउत्तर हुँदै गएको छ, यसको हिसाब गर्न ढिला गर्नु हुँदैन र किनभने यो प्रणालीले विद्यार्थीको ऊर्जा बल, अमूल्य समय, मानसिक स्वास्थ्य, सृजनशीलता, आत्मविश्वास, आत्मसम्मान, निष्ठा जस्ता बहु आयामिक पक्षमा नकारात्मक असर गरिरहेको छ ।

यस्तो अवस्थाबाट प्रताडित भएर बल्ल बल्ल जागिर खानेले कसरी उच्च मनोबल र निष्ठाको साथ भ्रष्टाचारी कर्मचारी, नाफाखोर व्यापारी, उद्दण्ड नेताको सामना गर्न सक्छन्, अनि नागरिकको आवश्यकतालाई कसरी सृजनात्मक भई सम्बोधन गर्न सक्छन् ?

Tags :
प्रतिक्रिया दिनुहोस